२६ भदाै, एजेन्सी ।
तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सूचना सालेहको परिवारले दिएको हो ।
सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, ‘तालिबानले हिजो उनको हत्या गरेका छन् । उनीहरुले हामीलाई अन्तिम संस्कार गर्न पनि दिएका छैन्न । उनीहरुले शव त्यसै सडोस् भनेका छन् । ’
तालिबान सूचना सेवाको उर्दू भाषामा जारी गरिएको विज्ञप्ति अनुसार पंजशीरमा हमलामा रोहुल्ला सालेहको मृत्यु भएकाे बताइएकाे छ ।
