साताको शेयर बजार : ४२ अर्बको कारोबार

२६ भदाै, काठमाडौँ ।

धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।

नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल २३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार आठ कित्ता शेयर रु ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार ५१० मूल्यमा खरिदबिक्री भयो ।

झन्डै रु २२ अर्ब बराबरको कारोबार हुने बजार रु छ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ विन्दुमा ओर्लिएको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ विन्दुले घटेर ५२२.०१ मा ओर्लियो । कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही रु ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।

साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो ।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्नुभएको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो ।

त्यस दिन नेप्से १६१.९४ विन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१।४१ विन्दुले उकालो लागेर ५५३।४० मा पुग्यो ।

कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो ।

नेप्सेका अनुसार कुल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६.६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लियो । कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार पाँच सय आठ पटक शेयर कारोबार भए । नेप्सेका अनुसार कुल रु सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ६०।०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९१ विन्दुले ओरालो लागेर ५३६.५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ । रासस

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top