एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

२७ भदौ, काठमाडौं ।

मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।

‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ,’ भेटमा मन्त्री शर्माको भनाइ उद्धृत गर्दै अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष फतिमाको टोलीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top