×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

नारायणघाट–बुटवल सडकखण्ड निर्माणकार्यले गति लिन सकेन

२७ भाद्र २०७८

२७ भदौ, काठमाडौं ।

विगत तीन वर्षअघि ठेक्का सम्झौता भएर काम सुरु गरिएको नारायणघाट–बुटवल सडक खण्डले गति लिन नसक्दा यहाँ यात्रा गर्ने यात्रु सबैभन्दा मारमा पर्ने गरेका छन ।

Advertisement

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुुटवल सडक खण्डको काम तीन वर्षअघि सुुरु भए पनि अहिलेसम्म समग्रमा १२ प्रतिशतभन्दा बढी काम हुुन सकेको छैन । देशको मुख्य राजमार्गका रूपमा रहेको बुुटवल–नारायणगढ सडक खण्डको अवस्थाबारे सरोकारवाला निकाय जानकार छन् तर पनि सडक निर्माणले गति लिन सकेको छैन ।

साढे तीन वर्षमा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनुपर्नेमा तीन वर्षको अवधिमा १२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यसबारे बुझ्न खोज्दा चिनियाँ ठेकेदार कम्पनीका कन्ट्याक्ट मेनेजर युआन हेनकुन सम्पर्कमा आउन चाहेनन् ।

बुटवल–नारायणगढ सडक आयोजनाका प्रमुुख इन्जिनियर रमेशकुुमार दृष्टिले चिनियाँ कम्पनीले ठेक्काको अवधि बढाउन प्रस्ताव गरेको र नेपाली पक्षले सम्झौताअनुसार नै काम सम्पन्न गराउनुपर्ने अडान राखेको बताए ।

अहिले कामलाई गति दिन दुु्रत गतिमा छलफल भइरहेको र कोरोना कहरका कारण पनि यो सडक ढिलाइ भएकोमा अब कामले गति लिने विश्वास उनले व्यक्त गरे ।

यस सडक खण्डको काम अघि बढ्न नसक्नुुमा सडकको छेउछाउमा रहेका बिजुलीको पोल हटाउन सरकारी पक्षबाट भएको ढिलासुुस्ती नै पहिलो कारण भएको निर्माण पक्षको दाबी छ  । एक वर्ष सात महिनाअघि नेपाल विद्युत् प्राधिकरणले आफ्नो उचित जनशक्ति नभएका कारण आफैँ टेन्डर गरी काम अघि बढाउन आयोजनालाई पत्र लेखे पनि यसको प्रक्रिया अघि बढ्न नसक्दा आयोजनाको काम अघि बढ्न नसकेको आयोजना पक्षको भनाइ छ ।

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपछि २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्ने सो सडक गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा पर्दछ । सहरी क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

दैनिक रूपमा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड भएर यात्रा गर्ने हजारौँ यात्रु र सडक छेउमा घरभएका जनताले सास्ती बेहोरेको, दुःख पाएका छन् यसमा चासो लिने कि नलिने भन्ने प्रश्न गम्भीर रूपले उठेको छ ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनलाई तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का दिएको सङ्घीय सरकारले नै यसको निरीक्षण अनुगमन र मूल्याङ्कन जिम्मेवारी हो तर निर्माण कम्पनीलाई समयमै काम गर्न सचेत गराउने विषयमा सरकारी पक्ष मौन रहेको पाइएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top