×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

२७ भाद्र २०७८

२७ भदौ, बागलुङ ।

एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ ।

Advertisement
Advertisement

केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।

सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए ।

उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् । सङ्क्रमण घटे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

“स्वास्थ्य सुरक्षा सावधानी अपनाउने कुरामा हरेक व्यक्ति स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ”, उनले भने, “सङ्क्रमणस्थिर भएसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन्, धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा चारजना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमण उच्च हुँदा दैनिक ३५÷४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो ।

अहिले अवस्था केही सहज छ । अस्पतालमा गम्भीर बिरामी पनि कम छन् । सङ्क्रमितमध्ये ८० जना घरमै एकान्तबासमा छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ५९ जनाले ज्यान गुमाउनुपरेको छ ।

सो अवधिमा सङ्क्रमित हुनेको सङ्ख्या पनि पहिलो लहरको भन्दा बढी छ । गत वैशाख १ गतेदेखि यता छ हजार ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । जिल्लामा पहिलो पटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता सात हजार बढीमा कोरोना देखिइसकेको छ ।

Advertisement

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top