ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेँ : प्रचण्ड

Share this
817shares

२७ भदौ, काठमाडौं ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ले एमाले अध्यक्ष केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन्।

परशुराम तामाङद्वारा लिखित पुस्तकको आइतबार विमोचन गर्दै प्रचण्डले ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको दोहो¥याएका हुन्।

Advertisement

केपी ओलीसँग एकता गरेर आफूले साच्चिकै ज्ञान प्राप्त गरेको उनले बताए। कम्युनिस्ट आन्दोलनमा यस्ता प्रवृत्तिका मान्छेहरु हुँदारहेछन् भन्ने थाहा पाएको प्रचण्डले बताए।

आफूले एमालेसँग एकता गरेर कम्युनिस्ट आन्दोलनमा नयाँ प्रयोग गरेको उनको दाबी छ। यस एकतालाई नकारात्मक रुपमा मात्रै हेर्न नहुने भन्दै त्यसमा वस्तुवादी भएर सोच्न सबैलाई आग्रह गरे। कम्युनिस्ट आन्दोलन अघि बढाउने विचारमा विकास गर्नुपर्ने प्रचण्डले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top