नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल शुरु

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

Advertisement

नेपाल–बंगलादेश राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको हो । पहिलो खेलमा जित हात पारेको नेपाली टोली आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

Advertisement

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती–११ खेलाडी घोषणा गरेका हुन् । जसमा तीन खेलाडी परिवर्तन गरिएको छ ।

गोलकिपर अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङ सुरुवाती–११ मा परेका छन् । यस अघि खेलेका एन्जिला सुब्बा, सबिता राना र मन्जली योन्जनलाई बाहिर राखिएको छ ।

Advertisement

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले शानदार प्रदर्शन गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top