×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले उपसभामुख कसलाई देला ? यस्तो छ संभावना,कांग्रेस, एमालेको च्याप्टर क्लोज|| Nepal Times
Apr 03, 2026
Playing
Iran यु द्धमा Americaको दिनको खर्च कति ? Trumpले निकाले महान्याधिवक्ता || NepalTimes
Apr 03, 2026
Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026

अर्थमन्त्रीले भने- आर्थिक गतिविधिलाई तीव्रता दिएर ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्छौं

२७ भाद्र २०७८

२७ भदौ, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।

Advertisement

अर्थमन्त्री शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। उनले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पु¥याउने बताए।

यसका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए। त्यस्तै बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून विजकीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उनको भनइ थियो।

‘थोरै राजस्वलाई वृद्धि गर्ने लक्ष्य हामीले थप्यौँ । सात प्रतिशत वृद्धि कसरी भन्ने पनि प्रश्न आएको छ। आर्थिक गतिविधि तीव्र बनाउन विकासका गतिविधिहरुलाई तीव्रता दिने, निजी र सरकारी दुवैलाई। करको दायरालाई पनि विस्तार गर्ने।

देशमा उत्पादनमुलक कार्य गर्नका लागि उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरु गर्नका लागि छुटहरु दिने। बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने। भुक्तानी प्रणालीमा सरल बनाउने।

न्यून विजकीकरणका समस्या छन् त्यसलाई समाधान गर्ने। भन्सारमा थप प्रविधिहरु ल्याएर अझ पारदर्शी बनाउनेलगायतका काम हामी गर्न सक्छौँ भन्ने हाम्रो विश्वास रहेको छ। त्यो विश्वासलाई पूरा गर्छौं भन्ने लाग्छ,’ उनले भने।

उनले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको बताए। व्यापार घाटा चुलिँदै गएको भन्दै उनले आयात प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताए। उत्पादन क्षेत्रलाई जोड दिने उनको भनाइ छ।

कृषिबाली बिमालाई ८० प्रतिशत पु¥याउनुका साथै २०० मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनामा लगानी भित्र्याउनका लागि आवश्यक प्रविधि भित्र्याउन १५ वर्षसम्म कर छुट दिने, थप ६ वर्ष ५० प्रतिशत कर छुट दिने, उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्यययन गर्नेलगायत योजना सारिएको उनले बताए।

Advertisement

अर्थमन्त्री शर्माले बर्हिगमित लडाकूहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम रहेको उल्लेख गरे। वैदेशिक रोजगारीबाट कमाएर ल्याएकामध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने कार्यक्रम मन्त्रालयले बनाउन लागेको उनले बताए।

भर्खरको समाचार

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

सम्बन्धित खबरहरु

Scroll to Top