दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्र सरकार विस्तार गर्न उपेन्द यादवको आग्रह

२८ भदौ, काठमाडौं ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन्।

आइतबार सम्पन्न गठबन्धनको बैठकमा यादवले प्रधानमन्त्रीसमक्ष उक्त आग्रह गरेका हुन्। पार्टीभित्रका विविध आन्तरिक कुरा मिलाउनु पर्ने भएकाले पहिले अध्यादेश खारेज गरेरमात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको उनले बताए।

अध्यादेश यथावत् रहेमा जसपा विभाजन हुने भयले उनले अध्यादेश खारेज गराउन जोड दिएका हुन्।

दल विभाजनका लागि जसपामा ५ जना सांसद् भए पुग्छ। तर पार्टी विभाजनका बेला यादवले धेरैलाई मन्त्रीको आश्वासन दिएर आफूतिर राखेका थिए। तर संयुक्त सरकार भएका कारण आकांक्षी सबैलाई मन्त्री बनाउने अवस्था छैन।

मन्त्री बन्न नपाउनेहरुले दल विभाजन गर्न नसकुन् भनेर यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

गत भदौ १ गते सिफारिस गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेश भदौ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो। जस अनुसार जसपा विभाजित भई गठन भएको लोसपाले भदौ ९ मा मान्यता भएको थियो।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top