राष्ट्रियसभामा एमालेकाे अवराेध, बैठक १५ मिनेटका स्थगित

२७ भदौ ७८, सोमबार

२८ भदाै, काठमाडाैँ 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको बैठकमा पनि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक स्थगित गर्नु अघि एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग सम्बन्धि विधेयक–२०७५ सम्बन्धि समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने समय दिएका थिए। सोही विधेयक पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे ।

Advertisement

सो विधेयक सभामा पेश गर्नु अघि एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने षडयन्त्रमा सामेल भएको कुराप्रति माफी नमागेसम्म राष्ट्रियसभाको बैठक पनि चल्न नदिने चेतावनी दिए । उनले सभामुख सापकोटाकै कारण संसदको दुवै सदन अवरुद्ध पार्ने निर्णयमा आफ्ना दल पुग्नु परेको स्पष्ट पारे। सांसद श्रेष्ठले दलले कारबाही गरेको १८ घण्टाभित्र सरिता गिरीलाई कारबाहीको सूचना टाँस गर्ने, माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साहलगायतका सांसदहरुलाई दलले गरेको कारबाही अनुसार ७२ घण्टा भित्र कारबाही गरिएको सूचना टाँस गर्ने सभामुखले किन आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई कारबाही नगरेको भनि आक्रोश समेत व्यक्त गरे ।

एमालेका सांसदहरुले बैठक अवरुद्ध पारिरहेका बेला राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाको विषय राष्ट्रियसभाको बैठकमा नजोड्न आग्रह गर्दै सभा सूचारु गराउन आग्रह गरेका थिए ।। तर एमालेका सांसदहरुले नमानेपछि राष्ट्रिय सभाको आजको बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

Advertisement

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेका सांसदहरुले अवरुद्ध पारेपछि संघीय संसदको दुवै सदनका बैठकहरु अवरुद्ध हुँदै आएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top