×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

२८ भाद्र २०७८

२८ भदाै, दार्चुला ।

यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ ।

Advertisement
Advertisement

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ । मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ । स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ ।

विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ । यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ । सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो ।

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ । दार्चुला-तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउँछन् । “विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो”, उनले भने, “अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।”

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ । नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ । चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउँछन् । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ । “आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ”, पौडेलले भने ।

महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिङ्कर जोडिँदैछ । यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो । सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ । सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ ।

सीमास्तम्भ नजिकै चीनले सडक पुर्‍याएपछि खुसी
चीनले दार्चुलाको व्यास गाउँपालिकाको तिङ्कर भञ्ज्याङ नेपाल-चीन सीमास्तम्भ नजिकै सडक पुर्‍याएपछि जिल्लावासी खुसी भएका छन् । व्यास-१ तिङ्करको एक नं पिलर नजिकै चीनले सडक पुर्‍याएपछि ताक्लाकोटसम्मको व्यापारमा सहज हुने भएपछि जिल्लावासी खुसी भएका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत्को पुराङकाउन्टी ताक्लाकोट हुँदै नेपाल जोड्ने गरी चीनले सडक पुर्‍याएको छ । चीनले पिलरसम्म सडक पुर्‍याउँदा नेपाली व्यापारीलाई धेरै सहज भएको व्यासका दानसिंह तिंकरीले बताए । उनले भने, “पिलरको थोरै तल सडक पुगेको छ, अब व्यापार व्यवसायमा नेपालीलाई सहज हुने भएको छ, हामीले घण्टौ हिडेर चीनको गाडी चल्न मिल्थ्यो”, तिंकरीले भने, “अहिले सडक पुगेको हामी सबैका लागि खुसीको कुरा हो ।”

अहिलेेेे यो नाका कोरोनाका कारण बन्द छ । चीनसँगको नाका बन्द हुनुअघिसम्म छाङ्गरु र तिङ्करका स्थानीयवासीले चीनको समान ल्याएर व्यापार गर्थे । उनीहरु गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे । उसो त छाङ्गरु र तिङ्करमा अहिले पनि चिनियाँ समान सहजै उपलब्ध हुने गरेको छ ।

नेपाल र भारतको भन्दा सस्तो मूल्यमा छाङ्गरु तथा तिङ्करमा चिनियाँ समान पुग्ने गर्छ । दुई वर्षअघिसम्म यहाँका व्यापारीले चीनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवी, मुन्स्यारीलगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोवार हुने गरेको थियो । कोरोनाले नाका बन्द हुनुअघि छाङगरु तिङ्करका ४०/५० जनाले चीनको ताक्लाकोटमा व्यापार गर्थे ।

Advertisement

ताक्लाकोटमा निरन्तर व्यापार गर्दै आएका बिमल बोहराले भने, “छङ्गरु र तिङ्करका स्थानीयवासी वैशाखदेखि कात्तिकसम्म ताक्लाकोट बसेर व्यापार गथ्र्यौ, कोरोना अघिसम्म चीनले टप्फु नजिकै सडक पुर्‍याएको थियो, अहिले त्यो भन्दाअघि बढेको छ, सडक पिलरसम्म पुग्यो भने व्यापारीलाई झनै सहज हुन्छ ।” अहिले पिलरबाट थोरै तल झर्ने बित्तिकै चीनले बनाएको सडक देखिन्छ । त्यो क्षेत्रसम्म गाडी चल्ने गर्छन् । चीनले सीमामा बोर्डर प्रहरी राखेर निगरानी गरिरहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top