आज नेपाल र ओमान भिड्दै

आज नेपाल र ओमान भिड्दै

२९ भदौ, काठमाडौं ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ ।

लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २÷० ले पारेको थियो ।

ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.