×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इन्जिनियरिङ पढाउने

३० भाद्र २०७८

३० भदौ, ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इन्जिनियरिङ पढाउने भएको छ ।

Advertisement
Advertisement

विपन्न परिवारका जेहेन्दार एक÷एक छात्रछात्रालाई जिल्ला सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा हाइड्रोपावर इन्जिनियरिङ पढाउन ८० प्रतिशत छत्रवृत्ति उपलब्ध गराउने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

जिल्लामा जलविद्युत आयोजना निर्माण हुने क्रममा रहेकाले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी गरिन लागिएको उनले बताए ।

गाउँपालिकाको २०७८÷७९ को नीति तथा कार्याक्रममा चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इन्जिनियरिङ पढाउने भएकाले विपन्न परिवारका दुई विद्यार्थीलाई सहयोग गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताए ।

आगामी शैक्षिक सत्रमा पनि गाउँपालिका नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा छात्रवृत्ति उपलब्ध गराइने उनले बताए ।

Advertisement

हाइड्रोपावर इन्जिनियरिङ पढ्न प्रवेश शुल्क ३३ हजार र मासिक पाँच हजार ५०० शुल्क लाग्ने बाल सुबोधिनीका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top