×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हामी माथिल्लो तहका नेता बिग्रिएका छौँ : प्रचण्ड

३० भाद्र २०७८

३० भदौ, काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमो माथिल्लो नेतृत्व बिग्रिएको बताएका छन् । उनले आन्दोलनमा लाग्ने जनता न बिग्रिएको तर आफूहरु बिग्रिएको बताएका हुन् ।

Advertisement
Advertisement

माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति सभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ ।

लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

उनले माओवादी पार्टी फेरि देशमा एक नम्बर पार्टी बन्नेसमेत बताएका छन् । उनले शान्ति प्रक्रियापछि माओवादी ५–७ सिटमात्र जित्छ भन्ने हल्ला चलाए पनि एक नम्बर पार्टीको उल्लेख गर्दै फेरि पनि एक नम्बर पार्टी बन्ने बताए ।

Advertisement

प्रचण्डले अर्को प्रसंगमा फेरि सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताए । उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने संकेत गरे । उनले संविधान जारी गर्दा नै आफूहरुको फरकमत रहेको स्मरण गर्दै संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top