आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

३० भदाै, काठमाडौं।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि माओवादी पहिलो बन्ने दाबी गरेका छन्। बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।

‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले विगत स्मरण गर्दै भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’

Advertisement

उनले अहिलेको गठबन्धन (कांग्रेस-माओवादी-एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। गठबन्धन कायमै रहे चुनाव गठबन्धनको दुई तिहाइ आउने उनको भनाइ छ।

देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए।

Advertisement

अहिले आफ्नो पार्टीमा रहेका माथिल्लो नेताहरू बिग्रिएकाले पार्टी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने बेला आएको प्रचण्डले बताए। यद्यपि, तल्लो तहका कार्यकर्ता र जनता अहिले पनि माओवादी र आन्दोलनप्रति प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ। प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top