पहिरो, सधैंको पिरलो

३० भदौ ७८, बिहीबार

काठमाडौं : देशभर यो वर्ष २ सय ५७ वटा पहिरो गएको छ। जसमध्ये सबैभन्दा धेरै पाल्पामा १७, त्यसपछि रोल्पामा १५, कास्की र तनहुँमा १३र१३ वटा छन्। यस्तै, दार्चुलामा १२, नुवाकोटमा १०, पर्वत र बागलुङमा ९र९, मकवानपुर, गुल्मी र बाजुरामा ८र८ वटा छन्।

Advertisement

यही कारण ७७ जनाले ज्यान गुमाएको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ। आठ जना बेपत्ता भएका छन्। ८९ जना घाइते छन्। २ सय ८४ परिवार प्रभावित छन्। ५३ घरमा आंशिक क्षति भएको छ भने ८६ वटामा पूर्ण क्षति। ४५ गोठसहित २ सय २३ पशु चौपाया क्षति भएको छ। ३ करोड ४५ लाख ४५ हजार रुपैयाँबराबरको भौतिक क्षति भएको केन्द्रको अनुमान छ।

केन्द्रका अनुसार पछिल्लो १० वर्ष अवधिमा २ हजार ३ सय ७८ वटा पहिरो गएको छ। उक्त अवधिमा १ हजार २ सय ८२ जनाले ज्यान गुमाए। ३ सय ५ जना बेपत्ता भए। १ सय ८५ जना घाइते भए। सबैभन्दा बढी बागलुङमा १ सय पहिरो गएको छ। त्यसपछि संखुवासभामा ९४ र ताप्लेजुङमा ६८ वटा छन्। मानवीय क्षतिका हिसाबले सबैभन्दा बढी सिन्धुपाल्चोकमा १ सय २८, कास्कीमा ६७ र ताप्लेजुङमा ५८ जनाको मृत्यु भएको छ।

Advertisement

पहिरोका कारण यस वर्ष २ सय १६ ठाउँमा सडक अवरुद्ध भए। यीमध्ये २ सय ३ ठाउँमा खोलिसकेको र १३ ठाउँमा अझै अवरुद्ध रहेको सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपनिर्देशक शिवप्रसाद नेपालको भनाइ छ। बढी सडक अवरुद्ध हुनेमा मनाङ छ। विभागका अनुसार रसुवाको भार्कुमा भने वर्षायामभरि नै सडक अवरुद्ध हुने गरेको छ।

उपनिर्देशक नेपाल गत वर्षको तुलनामा ४० प्रतिशत बढी पानी परेको र जटिल भौगोलिक अवस्थाका कारण पहिरो बढेको बताउँछन्। त्यसैगरी जथाभावी रूपमा गरिने सडक गतिविधिले पनि जोखिम बढाएको उनको भनाइ छ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top