उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ : गृहमन्त्री खाँण

३१ भदौ, काठमाडौं ।

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पु¥याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवर्द्धन गरिने बताए।

Advertisement

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो।

उनले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवर्द्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गरे। स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उनले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top