माधव नेपाललाई अष्टलक्ष्मीकाे आग्रह – फर्केर आउनोस्, एमालेलाई तपाईंको आवश्यकता छ

३१ भदाै, काठमाडौं।

नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपालले लिएको बाटो सही नभएको भन्दै समीक्षा गरेर ‘सुदृढ एमाले बनाउने अभियान’मा आउन आह्वान गरेकी छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले यस्तो भनेकी हुन्।

उनले भनिन्, ‘माधव नेपालले लिएको बाटो सही छैन। किन भनि रहेको छु भने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ। सुदृढ एमालेको आवश्यकता थियो,आज आफूले त्याग गरेको, समर्पण गरेको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भनेको कुरा सही कुरा हुँदैन। म अनुरोध गर्न चाहन्छु फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, एमालेलाई सुदृढ एमाले बनाउन तपाईंको आवश्यकता छ।’

उनले बलियो एमाले बनाउन पूर्वाग्राह मनमुटाव बिना सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्ने बताइन्। ‘अब छाती फराकिलो बनाएर अघि बढाउनुपर्छ। अपानि १२ अक्षस: पालना गरेर अघि बढ्नुपर्छ,’ उनले भनिन्,‘विचार शुन्य भएपछि जन्माउने गुटबन्दी हो। त्यसले एमालेलाई बलियो होइन कमजोर बनाउँछ अब त्यसलाई छोडनुपर्छ।’

विगतको कमीकमजोरी ढाकछोप गरेर नहुने भन्दै त्यसको गम्भीर र निर्मम रुपमा समीक्षा हुनुपर्ने शाक्यको भनाइ छ। कमीकमजोरीको समीक्षा नगरे थप समस्या आउने पनि उनले बताइन्।

अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको शाक्यले बताइन् ।

शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top