×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कतारमा प्रहरी बन्ने नेपालीको सपना चकनाचुर

३१ भाद्र २०७८

३१ भदाै, काठमाडौं ।

रोजगारीका लागि नेपालको प्रमुख गन्तब्य बनेको वैदेशिक रोजगारमा कतार प्रहरीका लागि आएको महत्वपूर्ण अवसर नेपालले गुमाएको छ। कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको हो ।

Advertisement
Advertisement

कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो । दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।

कतारले अघिल्लो वर्षको मंसिरबाटै नेपालीलाई कतारी प्रहरीमा भर्ना लिने भनेको थियो । तर नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढेको थिएन । कतारमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको लागि नेपालको श्रम मन्त्रालयमा पठाए पनि यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन । तर अल तकेत ओभरसिजले भने मागपत्र प्रमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो । जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोलीसमेत आएको थियो । मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो । जुन विषयले ठूलो विवादको रुप लिएको थियो ।

Advertisement

सरकारले सूचना नै जारी गरेर कतार प्रहरीमा नेपालीका लागि कुनै अवसर नै नभएको बताएको थियो । अब कतार सरकारले प्रहरी भर्ना नलिने भएपछि कतार प्रहरीमा जान तयार रहेकाहरु आफ्नो त्यति रकम के हुने भन्नेबारे चिन्तित छन् । कतार जान म्यानपावरलाई बुझाएको रकम सम्बन्धित व्यक्तिले पाउनुपर्ने दूतावासको भनाइ छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top