काेसी अस्पताल परिसरमा बेवारिसे शव फेला

३० भदौ ७८, बिहीबार

३१ भदौ, विराटनगर ।
विराटनगरको काेसी अस्पताल परिसरमा एक जनाको शव भेटिएको छ । बिहीबार दिउँसो करिब २ बजे बिराटनगर महानगरपालिका –७ काेसी अस्पताल परिसरमा पहिचान नखुलेका व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

अन्दाजी ३५÷४० वर्षका ती पुरुष मृत अवस्थामा फेला परेको र हाल उनको काेसी अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । उक्त व्यक्तिका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत उनले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top