कांग्रेस महाधिवेशनः नेताहरुको ध्यान प्रतिनिधितर्फ

३१ भदौ ७८, शुक्रबार

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते हुँदै छ । असोज ९ गते गाउँ÷नगर अधिवेशन गर्न लागेको कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुँदै छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुँदै छ । कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्न लागेको कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने कार्यतालिका छ ।

महाधिवेशन प्रक्रिया शुरू भएसँगै नेतृत्वका आकांक्षी नेताहरुले भने आफ्नो सम्पूर्ण ध्यान भने नेतृत्व निर्वाचित गर्ने प्रतिनिधितर्फ केन्द्रित गरेका छन् । तल्लो तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान वडाबाट आउने क्षेत्रीय प्रतिनिधितर्फ केन्द्रित छ भने केन्द्रीय तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार यसपालि गाउँरनगर अधिवेशनमा पनि नेतृत्व चयन वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने गरी विधान संशोधन गरिएको छ । यसअघि क्रियाशील सदस्य सबै गाउँरनगर अधिवेशनका प्रतिनिधि हुने विधानमा व्यवस्था थियो । ७ सय ५३ स्थानीय तहमा असोज ९ गते एकैपटक अधिवेशन गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर थप ६ जनाको दरले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय प्रतिनिधि वडाबाट बढीमा ७५ जनासम्म निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिको भनाइ छ ।

कांग्रेसमा गाउँरनगर सभापतिलाई आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष एवं नगर प्रमुख उम्मेदवारको प्रमुख दाबेदारका रूपमा हेरिन्छ । जसले गर्दा पनि ७ सय ५३ वटै स्थानीय तहमा सभापतिको दाबेदार नेताहरुले वडामा आफ्नो पक्षको सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न लागिपरेका हुन् । वडा सभापति पनि गाउँ÷नगर अधिवेशनको प्रतिनिधि हुने व्यवस्था छ ।

वडाबाट आएका क्षेत्रीय प्रतिनिधि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनको पनि प्रतिनिधि भएकाले प्रदेशसभा कार्यसमिति तथा प्रतिनिधिसभा क्षेत्रको कार्यसमिति वडाबाट आउने प्रतिनिधिले नै निर्वाचित गर्ने भएकाले क्षेत्रीय तहका नेतृत्वका आकांक्षी नेताहरुको ध्यान पनि यही वडाबाट आएका प्रतिनिधितर्फ केन्द्रित छ । अधिवेशनमा जिल्ला कार्यसमितिको चयन पनि वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने भएकाले जिल्ला नेतृत्वका आकांक्षी नेताहरुको ध्यान पनि वडाबाट आउने क्षेत्रीय प्रतिनिधितर्फ केन्द्रित गरेका हुन् ।

केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरुको ध्यान भने महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ । केन्द्रीय कार्यसमिति निर्वाचित गर्न प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउँदै छन् ।, याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top