८० वर्षीया वृद्धाले पाइन् नागरिकता

३१ भदौ ७८, शुक्रबार

१ असाेज, किमाथाङ्का ।

सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै कागजपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् ।

असी वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट झेलेकी कान्छीमाले लामो सङ्घर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवा सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ ।

Advertisement

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरी गुमाएकी कान्छीमालाई सरकारी सेवा सुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचार्य बिताइरहेकी उनलाई गाउँका युवाहरूले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता मात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए ।

विसं १९९८ मङ्सिर १० गते जन्मिनुभएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग विसं २०२६ जेठ ५ गते विवाह गरिन् । उनले विवाह दर्तालगायतका पञ्जीकरणका काम कुनै गर्न पाइनन् । अर्को विवाह गरेका श्रीमान्को विसं २०६८ असार १५ गते मृत्यु भएको थियो । कान्छी श्रीमतीपठ्ठिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्कालगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आएर उहाँले नागरिकता लिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top