×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

२ आश्विन २०७८

काठमाडौं, २ असोज । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो ।

नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । साउथ अफ्रिकन, ब्राजिलियन, कोलम्बियामा पाइएको नयाँ भेरिएन्ट भने नेपालमा पाइएको छैन । तर, मुलुकभित्रै नयाँ भेरिएन्ट विकसित हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सीमानाकामा भइरहेको लापरबाहीले नयाँ भेरिएन्ट भित्रिने डर बाँकी नै रहेको विज्ञहरूको भनाइ छ ।

Advertisement
Advertisement

उनीहरूले छिमेकी मुलुक वा नयाँ भेरिएन्टको उद्गम मुलुकबाट आउनेमाथि निरन्तर कडा निगरानी गर्न सुझाव समेत दिए । विमानस्थललगायत विभिन्न प्रवेश बिन्दुवाट भित्रने व्यक्तिलाई हेल्थ डेस्क राखिने र तिनको एन्टिजेन परीक्षणलाई प्राथमिकतासाथ जिनोमिक सिक्वेन्सिङ गरी हेर्ने तयारी थालिएको डा. पौडेलले बताए । ‘तत्काल डेल्टा र डेल्टा प्लसबाहेक अन्य भेरिएन्ट नथपिए पनि प्रवेश बिन्दुबाट त्यो खतरा छ,’ उनले भने ।

ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा (जीआईएसएआईडी) का अनुसार नेपालले हालसम्म २ सय ३२ नमुनाको सिक्वेन्सिङ गर्दा १ सय ९७ वटा विभिन्न भेरिएन्ट र ३३ वटा वाइल्ड टाइपको कोभिड देखिएको छ । भेरिएन्टमध्ये १ सय ८४ वटामा डेल्टा, ११ मा अल्फा र २ नमुनामा कप्पा भेरिएन्ट पाइएको हो । ‘हालसम्म २ सय ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८५ प्रतिशतमा भेरिएन्ट र १५ प्रतिशतमा वाइल्ड टाइपको कोभिड देखिएको छ,’ भाइरोलोजिस्ट एवं प्रदेश–२ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनवरीतिर कोलम्बियामा पाइएको ‘बी.१.६२१’ भेरिएन्टलाई पछिल्लो समय ग्रिक वर्णमालाका आधारमा ‘म्यु’ नाम दिएको छ । यसलाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’ का सूचीमा समेत सामेल गरिएको छ । यो भेरिएन्टको म्युटेसन (जिनसम्बन्धी परिवर्तन) ले कोभिडविरुद्घको खोपको असर कम गर्न सक्ने डब्लूएचओले जनाएको छ ।

‘शरीरमा भाइरसविरुद्घ बनेको इम्युनिटी (प्रतिरोधक क्षमता) लाई यो भेरिएन्टले छल्न सक्छ,’ डा. मिश्रले भने, ‘दक्षिण अफ्रिकामा पाइएको ‘सी.१.२’ ले पनि इम्युनिटीलाई छलेको पाइएको छ ।’ यसखालका भेरिएन्टले खोपको प्रभावकारितालाई समेत जित्ने उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नयाँ भेरिएन्ट भित्रन नदिन सीमामा कडाइका साथ सतर्कता अपनाउनुपर्ने बताइन् । ‘बोर्डर र नाकाबाट मुलुक भित्रिनेहरूको निरन्तर कोभिड स्क्रिनिङ अत्यावश्यक छ,’ उनले भनिन्, ‘पछिल्ला दिनमा हामी सिक्वेन्सिङ बढाउने योजनामा छौं ।’

नेपालमा कोभिडको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । डब्लूएचओले यसैसाता जारी गरेको विवरणअनुसार हालसम्म १ सय ९३ मुलुकमा अल्फा भेरिएन्ट, १ सय ४२ मुलुकमा बिटा, ९६ मुलुकमा गामा र १ सय ८० मुलुकमा डेल्टा देखिएको छ । चारै भेरिएन्टलाई डब्लूएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । म्युलगायत इटा, आयोटा, कप्पा, ल्याम्ब्डा भेरिएन्ट अफ इन्टरेस्टको सूचीमा छन् ।

Advertisement

विभिन्न नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा विश्वमै सबैभन्दा बढी डेल्टा भेरिएन्ट देखिएको छ । नेपालमा समेत अहिले करिब सबै नमुनामा डेल्टा देखिएको छ । जीआईएसएआईडीका अनुसार ३५ लाख ६७ हजार ९ सय ८ नमुनामा जिनोमिक सिक्वेन्सिङ गरिएको छ । यसअन्तर्गत ११ लाख ५१ हजार ४ सय ५७ नमुनामा डेल्टा देखिएको हो ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top