NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

शनिबार अशोज २ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं, २ असोज । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो ।

नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । साउथ अफ्रिकन, ब्राजिलियन, कोलम्बियामा पाइएको नयाँ भेरिएन्ट भने नेपालमा पाइएको छैन । तर, मुलुकभित्रै नयाँ भेरिएन्ट विकसित हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सीमानाकामा भइरहेको लापरबाहीले नयाँ भेरिएन्ट भित्रिने डर बाँकी नै रहेको विज्ञहरूको भनाइ छ ।

उनीहरूले छिमेकी मुलुक वा नयाँ भेरिएन्टको उद्गम मुलुकबाट आउनेमाथि निरन्तर कडा निगरानी गर्न सुझाव समेत दिए । विमानस्थललगायत विभिन्न प्रवेश बिन्दुवाट भित्रने व्यक्तिलाई हेल्थ डेस्क राखिने र तिनको एन्टिजेन परीक्षणलाई प्राथमिकतासाथ जिनोमिक सिक्वेन्सिङ गरी हेर्ने तयारी थालिएको डा. पौडेलले बताए । ‘तत्काल डेल्टा र डेल्टा प्लसबाहेक अन्य भेरिएन्ट नथपिए पनि प्रवेश बिन्दुबाट त्यो खतरा छ,’ उनले भने ।

Advertisement

ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा (जीआईएसएआईडी) का अनुसार नेपालले हालसम्म २ सय ३२ नमुनाको सिक्वेन्सिङ गर्दा १ सय ९७ वटा विभिन्न भेरिएन्ट र ३३ वटा वाइल्ड टाइपको कोभिड देखिएको छ । भेरिएन्टमध्ये १ सय ८४ वटामा डेल्टा, ११ मा अल्फा र २ नमुनामा कप्पा भेरिएन्ट पाइएको हो । ‘हालसम्म २ सय ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८५ प्रतिशतमा भेरिएन्ट र १५ प्रतिशतमा वाइल्ड टाइपको कोभिड देखिएको छ,’ भाइरोलोजिस्ट एवं प्रदेश–२ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनवरीतिर कोलम्बियामा पाइएको ‘बी.१.६२१’ भेरिएन्टलाई पछिल्लो समय ग्रिक वर्णमालाका आधारमा ‘म्यु’ नाम दिएको छ । यसलाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’ का सूचीमा समेत सामेल गरिएको छ । यो भेरिएन्टको म्युटेसन (जिनसम्बन्धी परिवर्तन) ले कोभिडविरुद्घको खोपको असर कम गर्न सक्ने डब्लूएचओले जनाएको छ ।

‘शरीरमा भाइरसविरुद्घ बनेको इम्युनिटी (प्रतिरोधक क्षमता) लाई यो भेरिएन्टले छल्न सक्छ,’ डा. मिश्रले भने, ‘दक्षिण अफ्रिकामा पाइएको ‘सी.१.२’ ले पनि इम्युनिटीलाई छलेको पाइएको छ ।’ यसखालका भेरिएन्टले खोपको प्रभावकारितालाई समेत जित्ने उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नयाँ भेरिएन्ट भित्रन नदिन सीमामा कडाइका साथ सतर्कता अपनाउनुपर्ने बताइन् । ‘बोर्डर र नाकाबाट मुलुक भित्रिनेहरूको निरन्तर कोभिड स्क्रिनिङ अत्यावश्यक छ,’ उनले भनिन्, ‘पछिल्ला दिनमा हामी सिक्वेन्सिङ बढाउने योजनामा छौं ।’

नेपालमा कोभिडको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । डब्लूएचओले यसैसाता जारी गरेको विवरणअनुसार हालसम्म १ सय ९३ मुलुकमा अल्फा भेरिएन्ट, १ सय ४२ मुलुकमा बिटा, ९६ मुलुकमा गामा र १ सय ८० मुलुकमा डेल्टा देखिएको छ । चारै भेरिएन्टलाई डब्लूएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । म्युलगायत इटा, आयोटा, कप्पा, ल्याम्ब्डा भेरिएन्ट अफ इन्टरेस्टको सूचीमा छन् ।

विभिन्न नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा विश्वमै सबैभन्दा बढी डेल्टा भेरिएन्ट देखिएको छ । नेपालमा समेत अहिले करिब सबै नमुनामा डेल्टा देखिएको छ । जीआईएसएआईडीका अनुसार ३५ लाख ६७ हजार ९ सय ८ नमुनामा जिनोमिक सिक्वेन्सिङ गरिएको छ । यसअन्तर्गत ११ लाख ५१ हजार ४ सय ५७ नमुनामा डेल्टा देखिएको हो ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.