×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

सरकारको १५ सुधारका काम सार्वजनिक, कुलमान र विश्व पौडेलको नियुक्ति महत्वपूर्ण उपलब्धि

२ आश्विन २०७८

२ असाेज, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको छ ।  नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेका देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका हुन्।

Advertisement
Advertisement

प्रधानमन्त्रीको सचिवालयले शनिबार उक्त सूची सार्वजनिक गरेको हो। पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेका देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

१७ मन्त्रालयको जिम्मेवारी देउवाले आफैंसँग राखेका छन्। देश आर्थिक ‘सट डाउन’ मा पुगेको छ। बजेटसम्बन्धी तीन अध्यादेश प्रतिस्थापन विधेयक संसदमा रहेका छन् र विधेयक पारित हुने सम्भावना न्यून देखिएको छ।

यसबीचमा देउवाको सचिवालयले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरूप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई महत्त्वपूर्ण उपलब्धि भन्दै सार्वजनिक गरेको छ।

खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो, बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुन:स्थापना, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेजको घोषणा भएको सूचीमा उल्लेख गरिएको छ। त्यस्तै कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ताको घोषणा सरकारको उपलब्धि भएको उल्लेख गरिएको छ।

Advertisement

अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहात, राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रम, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवाले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेका छन्।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top