×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

१ श्रावण २०७५

काठमाडौँ, साउन १

“यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो ।

Advertisement
Advertisement

आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति धैर्यपूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले दुई घण्टा लामो निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, “हामीले समृद्ध नेपालका लागि उत्पादनमा जोड दिनुपर्छ । धानको उत्पादन दोब्बर गर्ने योजना सफल बनाउनुपर्छ । पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउनुपर्छ ।”

नयाँ आवको पहिलो दिनदेखि बजेट र कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीको यो सक्रियताले राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने देखिएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेट कार्यान्वयनसम्बन्धी छलफलमा प्रधानमन्त्री पुग्दा दिउँसोको २ बजेको थियो । कुन मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी योजना कस्तो छ ? अनुगमनका लागि के गर्नुपर्छ ? भन्ने विषयमा प्रधानमन्त्रीले लिखित प्रस्तुतिकरण गर्न गत जेठ २५ को मन्त्री र सचिवको बैठकमा निर्देशन दिइसकेका थिए।

बिहानदेखिको व्यस्त कार्यतालीकाका बीच दिउँसो सिंहदरबारमा पुग्दा पनि उनको मुहारमा कुनै थकान देखिएन । उनले निकै उत्सुकताका साथ एकाग्र चिन्तनले मन्त्रीको प्रस्तुति सुनिरहेका थिए। मन्त्रालयको प्रस्तुति गम्भीर मुद्रामा सुनेपछि प्रधानमन्त्रीले ७ः३० देखि ९ः३० सम्म दुईघण्टा बजेट कार्यान्वयनमा निर्देशन दिए ।

प्रधानमन्त्रीले बजेट कार्यान्वयन सम्बन्धमा राष्ट्रको समग्र निर्माणमा जोड दिँदै कसरी छिटो र राम्रो काम गर्न सकिन्छ प्रत्येक मन्त्रालयले सोचेर काम गर्न उनको आग्रह थियो । गृहमन्त्रालयको कार्यक्रममा भएको लागूऔषध कारोबार नियन्त्रणसम्बन्धी प्रसंगमा उनले भने, “लागूऔषधको कारोबार नै ठप्प गरौँ, लागूऔषधि कारोबार गर्ने मृत्युका व्यापारी हुन्, अरुको जीवन बर्बाद गरेर धन कमाउने हुन्, त्यस्ताप्रति कुनै दया नगरौँ ।” गृहमन्त्रालयको बजेटमा लागूऔषध नियन्त्रणसम्बन्धी सातै प्रदेशको कार्यक्रममा उनले सो निर्देशन दिए ।

गृह मन्त्रालयअन्तर्गतकै अर्को प्रसंगमा उनले भने, “कारागार बढाउने होइन, अपराध घटाउनुपर्छ, कैदीबन्दी आफैँ घट्छन् ।” प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै पानीजहाज ल्याउने काम चाँडो गर्न, राष्ट्रिय परिचयपत्र कार्ड बनाउँदा व्यक्तिको सबै सूचना आउने गरी बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपालको विकासका लागि हेटौँडा र उदयपुर सिमेन्टको कारखानाको स्तरोन्नति गरी क्षमता बढाउने, नेपाल औषधी लिमिटेडले नेपालमै औषधिको उत्पादन गर्ने र लगानीमैत्री वातावरणको सिर्जना गर्नमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन थियो ।
उनले राजमार्गको निरीक्षण तथा विकास निर्माणका ठेकेदारले सही रुपमा सही समयमा गरे÷नगरेको निरीक्षण गर्नसमेत सुझाव दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी, खानेपानी तथा सरसफाइ र उद्योग, वाणिज्य तथा आपूर्ति गरी १४ वटा मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी प्रस्तुतिकरण पहिलो दिन थियो ।

गत शनिबार बाँकी मन्त्रालयको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी कार्यान्वयन कार्ययोजनामा प्रधानमन्त्रीले निकै ध्यानपूर्वक ११ वटा मन्त्रालयको कार्ययोजना पाँच घण्टासम्म सुने । शनिबार दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म प्रस्तुति तथा निर्देशन चलेको थियो । त्यसमा प्रधानमन्त्री ओलीले एकघण्टा निर्देशन दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सूचना तथा सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुद, रक्षा, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि तीव्ररुपमा बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल पूरा गर्नभन्दा पनि देश निर्माणको जिम्मेवारी काँधमा लिएर विकास निर्माण, सुशासन र समृद्धिका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, “भूकम्पका कारण प्लाष्टिकमुनि बसेका जनतालाई छानामुनि लैजाने कार्यक्रमलाई प्राथमिकता दिनुस्, बस्ने बासको व्यवस्थासँगै ऐतिहासिक सम्पदा तथा धार्मिक सम्पदा पुनःनिर्माणमा ध्यान दिनुस्, सरकार सरदर गतिमा होइन, तीव्रगतिमा अगाडि बढ्छ ।”

सबै निकायलाई साउन १ गतेदेखि नै यो आवको नीति तथा कार्यक्रम र बजेटको कार्ययोजनाअनुसार काममा जुट्न निर्देशन दिँदै उनले भने, “विद्यालय भर्ना अभियान, एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियानलाई एक दिनको कार्यक्रममा मात्र सीमित नराखी अभियानका रुपमा अगाडि बढाउनुस् ।” बजार मूल्य आकासिएको, बजारमा कृत्रिम अभाव भएको, उपभोग्य वस्तुमा शुद्धता नभएको भन्ने आम नागरिकको गुनासोप्रति सजग रहेर बजार अनुगमनलाई यथाशीघ्र प्रभावकारी बनाउन र दोषीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रशासनिक संयन्त्रलाई चुस्त, दुरुस्त र गतिशील बनाउँदै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिबद्ध भएर काम गरी जनतालाई आशा जगाउन कार्यक्रम कार्यान्वयनमा ध्यान दिन उनको विशेष जोड थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, “विगतमा जस्तो योजना हुने तर कार्यान्वयन नहुने समस्यालाई निराकरण गरी सरकारको योजना कार्यान्वयन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सघाउनुस् ।”
रासस

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top