देउवा सरकार इतिहासमै असफल भयोः कृष्णभक्त पोखरेल

२ असोज ७८, आइतबार

२ असाेज, काठमाडाैँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा सांसद पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको दाबी गरेका हुन् ।

उनले अहिलेसम्म बजेट होलिडे नभएको स्मरण गराउँदै दुई महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको बताए । उनले संविधान शंसोधन गर्ने कुरा, दलित, महिलाहरुको अधिकारका लागि भन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्ने तर्फ केन्द्रित भएको बताए ।

सांसद पोखरेलले नेपालको संविधान विश्वमै सबैभन्दा राम्रो भएको दाबी गरे ।सांसद पोखरेलले भने, ‘शेरबहादुर देउवाको जस्तो असफल सरकार यो दुई महिने कार्यकालमा मैले देखेकै थिइन, नेपालको इतिहासमा, बजेट होलिडे भन्ने कहिल्यै पनि भएको छैन,सामान्य यति कुरासम्मको हिसाव राख्न नसक्ने मान्छे, दुई महिनासम्म सरकारमा मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्ने मान्छे, पार्टी फुटाउनका लागि विधेयक ल्याउने मान्छे, लोकतन्त्र बलियो बनाउन दल बलियो बनाउनुपर्छ भनेर लेख्ने मान्छे, दलहरुसँग छलफल नै नगरी आज संसदको अन्त्य गरेर १२ बजे अध्यादेश ल्याउने २ बजे दल दर्ता गर्ने,यो भन्दा असफल सरकार मैले नेपालको इतिहासमै देखेकै छैन, संविधान राम्रो हो तर अहिले महिला, पीडित, दलितका समस्या समाधान गर्ने भन्दा पनि आफू कसरी सहभागी बन्ने भन्ने बाहेक मैले अरु केही देखेको छैन ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top