×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजनीति सकिने डरले ओलीले संसद चल्न दिएनन्ः रामनारायण बिडारी

२ आश्विन २०७८

२ असाेज, काठमाडाैँ ।

नेकपा माओवादीका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संसद चल्यो भने नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद चल्न नदिएको आरोप लगाएका छन् । उनले अबको केही दिनमै होलिडे खुलेर बजेट पारित हुने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको बताए ।

Advertisement
Advertisement

शनिबार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा उनले प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर राम्रो काम गरेको बताए । उनले प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड १९ को उपचारमा तीव्रता दिनुभएको समेत बताए । उनले गठबन्धनको सरकार भएकोले एमसीसी नेपालको हित हुनेगरी एमसीसी पारित हुने बताए । उनले एमसीसी संसदमा आउन आवश्यक नरहेको पनि स्पष्ट पारे ।

Advertisement

नेता बिडारीले भने, ‘संसद चल्यो भने ओलीजीको राजनीति सिद्धियो, त्यसैले चल्न नदिन विभिन्न चलखेल भइरहेको छ, के गर्दा चल्दैन, के गर्दा गडबढ भइरहन्छ, उहाँले त्यही गर्नुहुन्छ, संसारमा यो कहाँको चलन हो, मर्यादापालकको टाउकोमा चढेर, टोकेर, सभामुखको टाउकोमा हान्ने हाम्रो षड्यन्त्र थियो, सांसद नेकपा एमाले ? कस्तो हो ? अर्को कुरा अध्यादेश ल्यायो होलिडे भयो, होलिडे भएर के भएको छ, क्यामेरा बन्द भएको छ ? बजेट होलिडे भएर कसैको केही काम रोकिएका छन् ? अब केही दिनमा होलिड खुल्छ,बजेट पारित हुन्छ, सबै काम भइरहेका छन्, प्रधानमन्त्री देउवाले ६६ दिनमा गर्नेजति काम गर्नुभयो, किनभने यो ६६ दिनमा कति काम गर्छन् ? एमसीसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हीतमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन ।’

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top