३ असोज, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप पु¥याउने बताएका छन् ।
७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आइतवार आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई खोप दिइने बताए । आफू नेतृत्वको सरकारको जोड कोभिड– १९ विरुद्धको खोप रहेको पनि उनले बताए ।
प्रधानमन्त्री देउवाले कोभिड– १९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै संविधानले नागरिकको आकांक्षा र भविष्यलाई एकाकार गरेको बताए ।
‘राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ । यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ’, उनले भने ।