×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पदक वितरणमा ओलीको आक्रोश- ‘आज श्रीमती र बाउको मुख हेर्ने दिन हो ?’

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

देशमा आइतबार सातौँ संविधान दिवस सरकारी तवर र पार्टीहरुले आफ्नो किसिमले मनाइरँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तुलसीलाल स्मृति प्रष्ठिानमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

Advertisement
Advertisement

र यो कार्यक्रमलाई एमालेले सरकारविरुद्ध अभिव्यक्ति दिने माध्यम बनाएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई आलोचना गर्न आइतबार नै घोषणा गरिएको मानदपवीको साहारा लिए ।

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रलाई योगदान गरेका नागरिकहरुलाई विभिन्न मानदवीबाट विभूषित गर्दै आएको छ । यो पटक ९०३ जनालाई विभूषित गरिएको छ ।

यसरी विभूषित हुने मध्ये एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाउने माधवकुमार नेपालका बाबु र ओलीसँगको सत्ता गठबन्धन तोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहालको पनि नाम छ ।

आइतबार एमालेले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यही विषयमा आक्रोश पोख्दै देउवा सरकारको चर्को आलोचना गरे । उनले शासनमा जुका पुगेकोसमेत बताए ।

उनले भने, ‘जुकाहरू शासनमा पुगेका छन्, आफ्ना श्रीमतीलगायत आफन्तलाई सम्मान गरेका छन् ।’ उनले संविधान दिवसका दिन घाइते, सहिदका परिवार खुशी हुनुपर्नेमा आफ्न्तहरुलाई पदक बाँडिएको भन्दै आलोचना गरे । उनले भने, ‘यो बाबुको मुख हेर्ने दिन हो र ? यो संविधान दिवस हो ।’

उनले विभूषणको नाकमा कालो पोतिएको टिप्पणी गर्दै पदकले लाज मानेको बताए । उनले भने, ‘पदकहरुले, क कसको घाँटीमा झुण्डिने भएँ भन्ने भएको छ । लज्जाजनक छ । तर बोल्न सक्दैनन् पदकले ।’

उनले आफूले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्नेहरुलाईसमेत पदक दिएको भन्दै आलोचना गरे । उनले भने, ‘मुद्दा हाल्ने, झगडीया , तथानाम गर्ने, न्यायको तराजु ढल्काउने, आँखामा पट्टी बाँधेको हुन्छ, कतापट्टी ढल्काउने देखिँदैन । ती सबैलाई सम्मान ? सबैका लागि लज्जाजनक, इतिहासले निर्मम मूल्याङ्कन गर्ने छ ।’

उनले आफ्नो सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गरिएकोमा पनि देउवा सरकारको आलोचना गरे । उनले भने, ‘उद्यमी व्यवसायी सेटिङ्ग भयो भनेर कराइरहेका छन् ।

प्रतिस्थापन विधेयक सेटिङ्गका लागि ल्याएको रहेछ भन्दै छन् । होइन भन्ने आधार भेटिदैन । कस्तो सरकार होला ? ७० दिनमा सरकारले पूर्णता पाउँदैन । २ महिनापछि बजेट होलीडे, कस्तो सरकार हो । बजेट होलीडे कस्तो आश्चार्य ।’

उनले ओली सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या आयोग खारेज गरेर अर्को आयोग गठन गरेको विषयमा पनि आक्रोश पोखे । उनले आफ्ना मान्छेलाई जागिर खुवाउन पुरानो आयोग खारेज गरिएको र नयाँ बनाइएको बताए ।

उनले यो सरकार रहे मेलम्चीको पानी पनि नआउने ठोकुवा गरे । उनले भने, ‘यो सरकार रह्यो भने मेलम्चीको पानी आउँदैन । मैले जनवरीमा ल्याउँछु भनेको थिएँ, यो सरकारले वैशाख भनेको छ । ६ महिनामा यो सरकारले एक फरुवा माटो उठाउँदै कहाँबाट पानी आउँछ ? मतलबै छैन ।’

Advertisement

अध्यक्ष ओलीले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ५ लाख परिवारलाई १० हजार नगद दिने कार्यक्रम ल्याएको पनि आक्रोश पोखे । उनले आफ्ना कार्यकर्तालाई दशैं खर्च बाँड्न लागिएको भन्दै आलोचना गरे ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top