पदक वितरणप्रति ओलीको टिप्पणी : कस्ता–कस्ताका घाँटीमा पुगिने भइयो भनेर विभूषणले लज्जा मानेका होलान्

३ असोज, काठमाडौं ।

Advertisement

सरकारले संविधान दिवसका अवसरमा बाँडेका पदक नै लजाउनुपर्ने अवस्था आएको एमाले अध्यक्ष शर्मा ओलीले टिप्पणी गरेका छन्। आफन्त र निकटस्थहरुलाई पदक दिइएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनको टिप्पणी छ, ‘विभूषणले लज्जा मानेका होलान्। कस्ता–कस्ताका घाँटीमा पुगिने भइयो भनेर? बोल्ने सक्ने भए उफ्रिन्थे। स्थिति लज्जाजनक छ।’

Advertisement

उनले कसैको ‘बा’लाई सम्मान, कसैका श्रीमतीलाई सम्मान दिइएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गरेका छन्। अघिल्लोपल्ट पनि यस्तै सिफारिस आएको उनले सम्झिएका छन्।

नेपालप्रति कटाक्ष गर्दै उनले भने, ‘बाउलाई पदक दिन आज संविधान दिवस नभइ, बाउको मुख हेर्ने दिन हो? कस्तो लालसा? कस्तो भोक? कस्तो अतृप्ति? बाहिर केही चाहिया होइन, पदलोलुप होइन, नातावादी, कृपावादी होइन भन्ने अनि मौका पाउँदा हेर्नुहोस् त।’

Advertisement

उनले थपे, ‘अघिल्लोपल्ट पनि सम्झिन्छु। कसैले सुपुत्री महान् समाजसेवी भनेको छ, कसैले सुपुत्रीको नाम ल्याएको छ।’ उनले यस्तो भागबन्डा गरिएको पदक आफैं घरघर लैजाने भन्दै राष्ट्रपतिबाट किन बाँड्नुप¥यो? भनेर प्रश्न गरेका छन्।

संविधान दिवसका दिन सहिदका आमाबुवा, सहिदका छोराछोरी खुशी हुनुपर्नेमा शासकले आफन्त खुशी बनाएको ओलीको आरोप छ। आफू नेतृत्वको अघिल्लो सरकारका विपक्षमा खोइरो खन्ने, बेठीक समाचार दिने, देशलाई भड्काखालोमा हाल्न खोज्ने पत्रकार र तिनका मालिकहरुलाई सम्मान दिइएको भन्दै ओलीले रोष प्रकट गरे।

यसैगरी झगडिया, मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने सम्मानित भएको उनको भनाइ छ। न्यायाधीशले वर्तमान सरकारका पक्षमा फैसला गरेकाले पदक प्राप्त गरेको ओलीको आरोप छ।

‘दुई÷चार जना छुटेको जस्तो लाग्यो, नाम भन्दिनँ, तिनलाई पनि दिए हुन्थ्यो। तराजु कोल्टे फर्काइदिनेले पनि पदक पाएका छन्। न्यायमूर्तिको आँखामा पट्टी बाँधेको हुन्छ, छाम्दा त थाहा हुन्छ नि, श्रीमानहरुलाई कतापट्टी फैसला गरिदिनुपर्छ भनेर।’ पदक विभाजन सवैका लागि लज्जाजनक भएको बताउँदै यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top