असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाउने तयारी

४ असोज, काठमाडौं ।

दसैंका लागि असोज दोस्रो सातादेखि अग्रिम टिकट खुला गरिने भएको छ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबीच भएको छलफलमा असोज दोस्रो साता टिकट खुलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको हो।

Advertisement

असोज दोस्रो सातादेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भएपनि निर्णय भइनसकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बताए। गत वर्ष टिकट बुकिङ खुलाउनु मात्रै भएकाले यो वर्ष यात्रुको चाप हेरेर मात्र निर्णय गरिने उनले जानकारी दिए।

गत वर्ष दसैंका बेला नै बन्दाबन्दी रहेको भन्दै यातायात व्यवस्था विभागले यो पटक कोरोना भाइरस महामारी पनि घटेकाले यात्रुको चाप बढ्ने अनुमान गरेको छ।

Advertisement

दसैंका मनाउन काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दूरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन्। गत बर्ष कोरोना भाइरस संन्त्रासका कारण अघिकांश मानिसले काठमाडौंमै दसैं मनाएका थिए। आफ्नो सवारीसाधन हुनेले काठमाडौं छोडेका थिए।

सरकारले गत साउनमा भाडादर समायोजन गर्दै लामो दूरीमा चल्ने यातायातको भाडा ३० प्रतिशतसम्म बढाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top