मलको व्यवस्थापन गर्न आग्रह

४ असोज, काठमाडौ ।

खाद्यका लागि कृषि अभियानले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग ध्यानाकर्षण गराएको छ ।

अभियानका संयोजक उद्धव अधिकारीले आज एक विज्ञप्ति जारी गरी मलको दीर्घकालीन समस्या समाधान गरी किसानलाई समयमा मल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

सरकारले खेतीपातीलाई नभई नहुने मलको समेत व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै अभियानले रासायनिक मल घातक भए पनि त्यसको व्यवस्थापन राम्रोसँग गर्न नसकेको गुनासो गर्दै अभियानले रासायनिक मलका व्यवस्थापन नभए त्यसको विकल्प दिन आग्रह गरेको छ ।

किसान अहिले मलका लागि भौँतारिरहेका छन् । रासायनिक मल दिन नसकेपछि जैविक मलको व्यवस्थापनमा लाग्न पनि अभियानले सुझाव दिएको छ ।

अहिलेको समधान जैविक मल नै रहेको उल्लेख गर्दै अभियानले किसानका लागि समयमा मल नपाउने कुरा कुनै बहानामा क्षम्य नहुने पनि अभियानले भनेको छ ।

मलको दीर्घकालीन समाधान खोज्न, रासायन र विषादीको दुष्परिणाम घटाउँदै जान, माटोमा भएको जैविक तìव र पोषण बढाउनेतर्फ ख्याल गर्न पनि अभियानले आग्रह गरेको छ ।

संविधानको धारा ५१ को (ङ) को किसानका अधिकारको व्यवस्थालाई लागू गर्न बनेको भूउपयोग ऐन र खाद्य आधिकार तथा सम्प्रभुता ऐन बने पनि यसको कार्यान्वयन नभएको अभियानले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top