मुस्लिम बढी भएका जिल्लामा मुस्लिम गणक राख्न माग

४ असाेज, काठमाडाैँ ।

Advertisement

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सिमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए । उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए ।

Advertisement

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताए । अध्यक्ष अन्सारीले भने, ‘एउटा हामीले मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम नै गणक भयो भने यसले तथ्यांक विभागलाई पनि सहज हुन्थ्यो, यथार्थ विवरण सजिलोसँग प्राप्त हुनसक्थ्यो, त्योसँगै पहिला हामीले वेबसाइटमा मुसलमान र मुस्लिम राखिएको पाएका थियौँ, तर अबको जनगणनामा मुस्लिम मात्रै राख्न तथ्यांक विभागलाई आग्रह गरेका छौँ, यही निर्णय भएको छ, आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक विभागको सहकार्यमा पमप्लेट, समुदायलाई सचेत गराउने यी सबै कार्यहरुमा सहकार्य गरेर अघि बढ्ने, अर्को भनेको मुस्लिम आयोगको तर्फबाट एउटा समिति बनाउँछौँ प्रत्येक जिल्लामा, मुस्लिम बाहुल्यता भएको जिल्लामा, त्यो समिति र तथ्यांक विभागका टीमबीच सहकार्य गरेर समन्वय गरेर घरदैलोमा जाने त्यसले तथ्यांक विभागलाई पनि सहयोग पुग्छ र मुस्लिम समुदायलाई पनि ठूलो सफलता हात लाग्छ ।’

अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए । छलफलमा तथ्यांक विभागको तर्फबाट उप महानिर्देशक हेमराज गिरी उपस्थित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top