१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन विदेशी नागरिक पक्राउ

४ असाेज, काठमाडौँ ।

बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्लालाई सोमबार पक्राउ गरेको हो । उनीहरुले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याइसकेका अनुसन्धानबाट देखिएको छ ।

उनीहरुले रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायतका युरोपेली देश जान सकिने भन्दै नेपाल ल्याउने काममा संग्लन रहेकाे ब्युरोले जनाएकाे छ ।

उनीहरुले नेपाल पुगेपछि अमेरिका जाने परिचयय पत्र पाइने सौ पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बाबालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि पाइने जस्ता प्रलोभन देखाएर शरणार्थीहरु ओसार/रहेका थिए ।

ब्युरोका अनुसार उीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेका थिए । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा पठाइएको ब्युरोको प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top