सर्वोच्च बारले भन्याे- न्यायाधीशलाई मानपदवी नदिइयोस्

४ असोज, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालत बार एशोसिएसनले बहालवाला न्यायाधीशलाई मानपदवीद्वारा विभूषित गर्दा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुर्‍याउने बताएको छ । सोमबार सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।

विज्ञप्तिमा  न्यायपालिकामा कार्यरत् न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा बार अडिग रहेको जनाएको जनाइएकाे छ ।

Advertisement

सचिव घिमिरेले  भनेका छन्, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top