यातायातमा बिचौलियाको राज, नमस्कार गर्दा कर्मचारी भागाभाग

४ असोज ७८, मंगलबार

काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्यो। कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ। जहाँ बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा परे।

Advertisement

त्यसपछि रिसाएका उनी भन्दै थिए– ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे १ फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइदिन्छ रे १’

कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन्। कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन्। सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सहज रूपमा बनाइदिने भनेर रकम असुली फरार हुन्छन्।

Advertisement

अन्नपूर्ण पोस्ट्को टोली सोमबार उक्त कार्यालयमा पुग्दा कर्मचारीले यस्तै प्रसंग कोट्याए। ‘नमस्कार फर्कायो भने बिचौलियाहरूले सेवाग्राहीलाई कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्छन्। तब काम हुने विश्वास दिलाएर ठग्ने गरेको पाएका छौं’, प्रशासन शाखा प्रमुख बृहस्पति तामाङले अन्नपूर्ण पोस्ट्सित भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरूले १ लाख २० हजारसम्म लिएको एक सेवाग्राहीले भनेका थिए।’

बागमती प्रदेशअन्तर्गतको यो कार्यालय वरिपरि ३ सयजति बिचौलिया हुन सक्ने अनुमान गरिएको छ। दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्। कतिपय कर्मचारीले झुक्किएर नमस्कार फर्काउँछन्।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top