×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

५ आश्विन २०७८

काठमाडौं: असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।

बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

Advertisement
Advertisement

सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशनसहित तत्कालका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ ।

समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण थाल्न २ अर्ब रुपैयाँ माग गरेकोमा सरकारले कार्ययोजनाअनुसार नै तत्कालका लागि एक अर्ब निकासा गरेको हो । प्रवक्ता पन्तले यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा वितरण गर्नेगरी तयारी भइरहेको बताए ।

Advertisement

सरकारले आयोजनाको हेडवक्र्ससम्म पुग्ने बाटो खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । आयोजना प्रमुख वासुदेव पौडेलले मेलम्ची बजारदेखि हेडवक्र्ससम्मको २२ मध्ये ८ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले ट्रयाक खोल्ने जिम्मा सेनालाई दिन छलफल भइरहेको बताए । ‘निर्माण कम्पनीलाई दिने हो भने वर्ष दिनमा पनि ट्रयाक खोल्न सम्भव देखिँदैन,’ उनले भने, ‘यस विषयमा तत्काल सरकारलाई जानकारी गराएर निर्णय लिन्छौं ।’,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top