×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के नेपालमा कोरोनाको संक्रमण घटेको हो ?

५ आश्विन २०७८

५ असाेज, काठमाडाैँ ।
नेपालमा दोस्रो लहरपछि उच्च विन्दुमा पुगेको कोरोना संक्रमण पछिल्लो समय क्रमश घट्दै आएको छ । केही सातायता कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७३४ देखि १,७६० को बीचमा नयाँ सङ्क्रमित थपिएका छन्। विगत सात दिनमध्ये आइतवार सबैभन्दा कम ७३४ जना सङ्क्रमित फेला परेका हुन्।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन । त्यहाँ अहिलेसम्म ३,३४,४८,१६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ। सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा भारतमा ९,९८,८८७ जना सङ्क्रमित थपिएका छन् भने १०,०८२ जनाको कोभिडबाट मृत्यु भएको छ। भारतमा कुल जनसङ्ख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ।

Advertisement
Advertisement

पाकिस्तानमा अहिलेसम्म १२,२६,००८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२४६ जनाको मृत्यु भएको छ। विगत २८ दिनमा त्यहाँ ९८,४२४ जनामा सङ्क्रमण फेला परेको छ र २,२४३ जनाको कोभिडबाट ज्यान गएको छ। पाकिस्तानमा कुलमध्ये ११.०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ। त्यस्तै, श्रीलङ्कामा हालसम्म ५,०४,४९१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२,१२५ जनाको कोभिडका कारण मृत्यु भएको छ। विगत चार सातामा त्यहाँ १,१४,४९१ जना कोभिड सङ्क्रमित थपिएका छन् भने ४,७५९ जनाको मृत्यु भएको छ। त्यहाँ कुल जनसङ्ख्याको ५०.३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ।

बङ्ग्लादेशमा कुल १५,४२,६८३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२२५ जनाको मृत्यु भएको तथ्याङ्क छ। विगत २८ दिनमा त्यहाँ ८०,६८५ सङ्क्रमित थपिएका छन् र कोभिडबाट १,९२४ जनाले ज्यान गुमाएका छन्। बङ्ग्लादेशमा ८.८७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकको तथ्याङ्क छ। नेपालमा कुल ८,७३,५३४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११,०४० जनाको कोभिडबाट मृत्यु भएको छ। सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा ३७,१३३ र ५३१ जनाको कोभिडका कारण मृत्यु भएको छ।

नेपालमा कुल जनसङ्ख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ। अफगानिस्तानमा कुल १,५४,४८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७,१८६ जनाको कोभिडबाट मृत्यु भएको छ। विगत चार सातामा त्यहाँ १,९७६ सङ्क्रमित थपिएका छन् भने ११६ जनाको मृत्यु भएको तथ्याङ्क छ। दक्षिण एशियामा अफगानिस्तानमै सबैभन्दा कम १.१३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ। माल्दिभ्समा सोमवारसम्म ८३,५७६ जनामा सङ्क्रमण पुष्टि भएको छ र २२९ जनाको मृत्यु भएको छ। विगत २८ दिनमा त्यहाँ ३,६३० नयाँ सङ्क्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ। त्यहाँ कुल जनसङ्ख्याको ६२.१६ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाएका छन्। दक्षिण एशियाली मुलुकमध्ये भुटानमा अहिलेसम्म सबैभन्दा कम २,५९७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको कोभिडबाट ज्यान गएको छ। विगत चार साताभित्र त्यहाँ १२ जनामा सङ्क्रमण पुष्टि भएको र शून्य मृत्यु भएको तथ्याङ्क छ।

Advertisement

दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात् ६२.७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन्। सङ्क्रमण दर घटेको देखिए पनि केही दिनका तथ्याङ्कलाई हेरेर अहिले नै निष्कर्षमा पुग्न हतार हुने जानकारहरु बताउँछन्। भाइरस उत्परिवर्तन भइरहने भएकोले सङ्क्रमण दर पनि घटबढ हुने गरेको पाइएको र अझै पनि यो प्रवृत्तिलाई नजिकबाट नियाल्नुपर्ने उनीहरु बताउँछन् । सिकिस्त नभएको खण्डमा परीक्षण नगराउने कतिपयमा प्रवृत्ति देखिएकोले पनि सङ्क्रमण दर कम देखिएको हुन सक्ने उनीहरुको भनाई छ । सरकारले भनेझैँ असोजसम्ममा ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्न चुनौतीपूर्ण देखिएको भन्दै त्यसका लागि थप खोप पनि लगाउनुपर्ने र जारी खोप कार्यक्रमलाई अझ व्यापक पनि बनाउनुपर्ने उनीहरुको भनाई छ । झन्डै २२ लाख थप व्यक्तिलाई खोप दिनेगरी सोमवारबाट पुनः खोप अभियान थालिएको अधिकारीहरूले बताएका छन्।यो अभियानपछि १३ वटा जिल्लामा १८ वर्षमाथिका सबैले पूर्ण खोप पाइसक्ने सरकारी भनाइ छ। हालसम्म ६२ लाख जनाले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top