काठमाडौंबाट माउन्टेन फ्लाइट पुनः सुरु

५ असोज ७८, बुधबार

६ असोज, काठमाडौं ।

Advertisement

कोभिड–१९ महामारीका कारण स्थगित भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ।

कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्। सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ।

Advertisement

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने जनाएको छ। कम्पनीका अनुसार नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ।

पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ। सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन्।

Advertisement

निजी क्षेत्रकै अर्को अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिबार र आइतबार पर्वतीय उडान गर्ने भएको छ। कम्पनीले आठ हजार ८४८ मा दुई वटा टिकट बिक्री गर्नेछ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ। शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top