६ असाेज, मनिला।
फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका हुन्। उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकालेका थिए ।
नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको ¥यालीपछि आयोजित घोषणा सभामा उनले आफू विजयी हुने दाबी गरे । लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे ।
राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उनी तेस्रो नेता हुन् । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।रासस / सिन्ह्वा
