एकीकृत समाजवादीले भोलि महासचिव चयन गर्ने

६ असोज ७८, बिहीबार

६ असाेज, काठमाडौं।

Advertisement

नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिव चयन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा प्रवेश पाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्

Advertisement

बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । बिहीबारको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो पनि टुंगो लगाउने तयारी छ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top