हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो

७ असाेज, एजेन्सी ।

हैदराबादलाई पराजित गर्दै  दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती दुबईमा भएकाे आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका युवा ब्याट्सम्यान श्रेयस ऐर ४१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनमा अविजित रहे । कप्तान तथा विकेटकिपर ऋषभ पन्त २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । शिखर धवन ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रनमा आउट भए । ओपनर पृथ्वी शा ११ रनमा आउट भएका थिए । हैदराबादका खलिल अहमद र राशिद खानले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका युवा ब्याट्सम्यान अब्दुल सामदले २१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २८ रनको योगदान दिए । राशिद खानले १९ बलमा २ चौका र १ छक्का सहित २२ रन बनाए । विकेटकिपर ऋद्धिमान शाह र कप्तान केन विलियम्सन १८–१८ रनमा आउट भए । मनिष पाण्डे १७, केदार जाधब ३ र जेसन होल्डर १० रनमा आउट भए । ओपनर डेविड वार्नर शून्यमा आउट भएका थिए ।

दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए ।

हारसँगै सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा यथावत छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top