×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

ओडिआई वरियतामा सन्दिपको फड्को

७ आश्विन २०७८

७ असाेज, काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् ।

Advertisement
Advertisement

आइसिसीले बुधबार जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका हार्दिक पान्ड्या, अष्ट्रेलिया मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन जस्ता चर्चित खेलाडीलाई पछि पारेका छन् । ओडिआई बलिङ वरियतामा हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् ।

सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई वरियतामा फड्को मारेका हुन् । आइसिसी विश्वकप लिग २ नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । ५ इनिङमा सन्दीपले कुल १८ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।

ओमानसँगको पहिलो खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् । अमेरिकासँग दोस्रो खेलमा २ र ओमानसँग अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपले १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट लिने दौडमा रहेका छन् ।

Advertisement

ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी छैनन् । टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८२ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९२ औं स्थानमा छन् । नेपाल ओडिआई वरियतामा १६ औं र टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top