फुटबलर पुनमको शल्यक्रिया सफल, मैदान फर्कने सम्भावना

७ असाेज, काठमाडौं ।

स्वास्थ्यमा समस्या देखिएपछि विश्राममा रहेकी नेपाली  राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पुनम जर्घामगरको शल्यक्रिया भएको छ । पुनमको शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मंगलबार शल्यक्रिया भएको हो ।

केहि साता अघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि गरिएको परिक्षणमा मुटुमा समस्या देखिएपछि पुनम विश्राममा रहेको थिइन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीको प्रि कम्पिटिसन मेडिकल एसेस्मेन्ट (पिसिएमए) दौरान पुनमको मुटुमा समस्या देखिएको थियो ।

मंगलबार डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियामा संलग्न टोलीका डाक्टर रिजु मानन्धरका अनुसार अब केहि महिनापछि उनको स्थितिमा सुधार हेरेर मैदानमा फर्कने सम्भावना छ । उनले भने, ‘‘हामीले उहाँको समस्या थाहा पाएपछि सकेसम्म चाँडो उपचार गर्न सुझाव दिएका थियौं । मंगलबार अत्याधुनिक पद्दतिबाट शल्यक्रिया भएको छ । आज डिस्चार्ज पनि हुनुभयो । अब ६ महिनापछि उहाँको अवस्था हेरेर खेल्ने नखेल्ने भन्न सकिन्छ । फेरी सक्रिय खेल जीवनमा फर्कने सम्भावना छ ।’

यता शल्यक्रियापछि पुनमले भने आफूलाई कुनै समस्या नभएझैं लागेको बताइन् । ‘मलाई समस्या छ भन्ने थाहा थिएन । अब डाक्टरहरुको सल्लाहअनुसार विश्राम लिएर शल्यक्रिया भएको छ । अहिले पनि केहि समस्या छ जस्तो भएको छैन । अब उहाँहरुकै सुझाव अनुसार अघि बढ्नेछु,’ उनले भनिन् ।

पुनमको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोरेको संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फा र गंगालालबीच यसअघि नै खेलाडीको स्वास्थ्य परिक्षणका लागि सम्झौता गरेको थियो । सोहि अनुरुप राष्ट्रिय टोलीको परिक्षण गर्दा समस्याबारे थाहा भएको थियो ।

राष्ट्रिय टोली उज्वेकिस्तानमा एसियन कप छनोटमा प्रतिस्पर्धा गरिरहँदा पुनमको शल्यक्रिया भएको थियो । उक्त प्रतियोगिताको तयारीस्वरूप राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्दा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पुनमको अवस्थाबारे जानकारी दिएका थिए । प्रशिक्षक फिलिप्स र टोलीले पुनमलाई बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विशेष सम्मान दिने निर्णय लिएको थियो ।

सोही योजना अनुसार बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरेका थिए । पुनम १२ औं खेलाडीका रुपम मैदान प्रवेश गरेकी थिइन् । राष्ट्रिय गानको धुन सकिएसँगै पुनम लाइनअपबाट अलग्गिएर पुनः बेन्च फर्किएकी थिइन् ।

नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम त्यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी पुनम नियमित रुपमा राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेलिरहेकी छिन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top