विवाह बन्धनमा बाँधिदै क्रिकेटर विनोद भण्डारी

६ असोज ७८, बिहीबार

७ असाेज, काठमाडाैँ ।

Advertisement

राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी र संचारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरुले लामाे समयदेखि रहँदै आएको प्रेम सम्बन्ध लाई विवाहमा परिणत गर्ने भएका हुन् ।

 बुधबार काठमाडौँको सामाखुसीमा दुवै बीच टिकाटालो कार्यक्रम सम्पन्न भएको छ। दुवैले गोप्य रुपमा टिकाटालो गरेका हुन्। दुवैले आगामी वर्ष लगनगाँठो कस्ने बुझिएको छ।

Advertisement

हिमालय टेलिभिजनमा ५ वर्ष अघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदा देखिनै दुई जना बीच प्रेमसम्बन्धको चर्चा चलेको थियो। हाल सोनीका ग्यालेक्सी टेलिभिजनमा आवद्ध रहेकी छिन्। पछिल्लो समय दुवैले खुलेर एक-अर्का बीचको सम्बन्ध स्वीकार गर्दै आएका थिए।

सन् २००९ को एसीसी टि-ट्वान्टीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका विनोद नेपाली टिमका नियमित विकेटकिपर ब्याट्सम्यान हुन्। भण्डारीको गृहनगर महेन्द्रनगर हो। यस्तै गोरखा स्थायी निवासी अर्याल खेल पत्रकार तथा समाचारवाचिकाको रुपमा काम गर्दै आएकी छिन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top