×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सबल संस्थाबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ

७ आश्विन २०७८

७ असोज, काठमाडौं ।

नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवर्धन हुने यथार्थ औंल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ।

Advertisement
Advertisement

संयुक्त राष्ट्रसंघको ७६औं महासभाका सन्दर्भमा रोमानियाले अप्रत्यक्षरूपमा आयोजना गरेको लोकतान्त्रिक समुदायको १०औं मन्त्रीस्तरीय सम्मेलनलाई अग्रिमरूपमा अभिलेख गरिएको भिडियो सम्बोधनमा परराष्ट्र सचिव भरतराज पौड्यालले लैंगिक समानता प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए।

नेपालको संघीय, प्रान्तीय तथा स्थानीय निकायमा ४१ प्रतिशत निर्वाचित पदाधिकारी महिला रहेका जानकारी दिँदै उनले समावेशी, सहभागितामूलक, न्यायपूर्ण लोकतान्त्रिक शासन व्यवस्थामा नै राजनीतिक अतिवाद, आर्थिक कटौती, विपत्ति र कोरोना कोभिड–१९ जस्ता महामारीको डटेर सामना गर्न सकिने बताए।

लोकतन्त्रका अन्तर्निहित गुण नै विवाद, असहमति, मतभिन्नताको समुचित व्यवस्थापन गर्दै सहनशीलता र सबै नागरिकको सम्मानको प्रवद्र्धन पनि लोकतान्त्रिक समाजमा हुने गरेको उनको भनाइ छ।

मन्त्रीस्तरीय घोषणापत्र अनुमोदन गर्दै सम्मेलन आजै समापन भएको छ। नेपाल लोकतान्त्रिक समुदायको सदस्य राष्ट्र हो। सो समुदायको अध्यक्षता रोमानियाले गरेको थियो।

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले आजै नेपालसहित पाकिस्तान, रुसी महासंघ, ताजिकिस्तानलगायत राष्ट्रसंघीय निकायहरूले संयुक्तरूपमा आयोजना गरेको बरफ र हिउँबाट जलको प्राप्ति तथा त्यसले समाजमा पारेको प्रभाव विषयको अप्रत्यक्ष बैठकलाई सम्बोधन गरेका थिए।

अर्बौको जनसंख्यालाई स्वच्छ जल उपलब्ध गराउने पर्वत र पारिस्थितिकीय प्रणालीको संरक्षण राष्ट्रिय, क्षेत्रीय र विश्वस्तरमा नै हुनुपर्नेमा उनले जोड दिए। त्यस अवसरमा उनले जलवायु परिवतनका असर नेपालमा पनि परेको कटु यथार्थ प्रस्तुत गर्दै हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिए।

Advertisement

हरितगृह ग्यास उत्सर्जन घटाउने दिशामा नेपालले आफ्नो भूमिका पूर्णप्रतिबद्धताका साथ पालना गर्ने दृढता पनि राजदूत राईले व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top