लोसपा सरकारमा गए माओवादीबाट बन्ने मन्त्रीको संख्या घट्ने

७ असोज, काठमाडौं ।

Advertisement

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा गए नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्रीमात्र बन्ने भएका छन्।

पछिल्लो समय लोसपाले पनि सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए। गठनधनका दलसहित लोसपासमेत सरकारमा सहभागी भएमा माओवादीको भागमा पर्ने मन्त्रालय घट्न सक्नेछ।

Advertisement

बुधबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलबाट सहभागी हुने मन्त्रीको संख्या घट्न सक्ने बताएका हुन्। ‘मन्त्री हुन चाहने आंकाक्षी बढ्दो छ। भागबण्डामा मन्त्रालयको संख्या घट्ला जस्तो छ,’ अध्यक्षको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘लोसपा सरकारमा गए हामीले पाउने तीन मन्त्री र एक राज्यमन्त्री हो, त्यसैले सबैलाई मिलाउनु छ।’

यसअघि माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसालले शपथ लिसकेका छन्। अब नारायणकाजी श्रेष्ठ र शशि श्रेष्ठमध्ये एक जना मन्त्री बन्ने तयारीमा छन्।

Advertisement

यस्तै स्थायी समिति सदस्य देबेन्द्र पौडेल, देव गुरुङ, मातृका यादव र हरिबोल गजुरेलको नाम चर्चामा छ। यस्तै सुदन किराँती, अमनलाल मोदी, महेश्वर गहतराज तथा सन्तकुमार थारुसमेत सम्भाबित मन्त्रीमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top