बैतडीमा व्यापारीकाे हत्या गरेकाे आशंकामा दुई जना पक्राउ

७ असाेज, बैतडी ।

Advertisement

बैतडीको सुर्नया गाउँपालिका–४ स्थित शनसेरी माण्डौँका व्यापारी मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् ।

सुर्नया–४ लेकडाँडा निवासी ५६ वर्षका कमल सिंह महराकाे हत्या आशंकामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूको परिचय प्रहरीले खुलाएको छैन ।

Advertisement

महरा आज बिहान मृत अवस्थामा भेटिएका थिए । मृतक महराको शरीरभरि चोटपटक र नीलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशङ्का गरिएको छ ।

मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने, उनको शव दुई सय मिटर टाढाराम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको थियो ।

Advertisement

शव भेटिएको ठाउँका पसलेले आफूलाई घटनाबारे जानकारी नभएको बताए पनि पसलभित्रै रगत भेटिएको स्थानीय प्रताप महराले बताए।

मृतक महरालाई राती १० बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागि खाना छोपेर राखिदिन भनेका थिए । मृतकको खल्तीमा केही नगद पैसा र १ पाउ जति पकाएको मासु समेत भेटिएको छ ।

मृतक महराको घरमा श्रीमती, दुई छोरा, एक जना बुहारी र दुई जना नातिनी छन् । मृतकको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top