×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

७ आश्विन २०७८

७ असाेज, जेनेभा।

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ ।

Advertisement

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव श्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ ।

डब्लुएचओका अधिकारीहरूले भनेका छन्, “वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ । वायु प्रदूषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौँको ज्यान जोगाउन सकिन्छ ।”

“वायु प्रदूषण नियन्त्रणका लागि ल्याइने नयाँ कानुनको उद्देश्य वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानुनी तवरमा बाध्यकारी स्तरहरूको सन्दर्भको रूपमा प्रयोग गर्नेछन् ।”

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ तथापि विश्व स्वास्थ्य सङ्गठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ ।

सङ्गठनले भनेको छ, “विशेष देश वा क्षेत्रहरूमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकहरूको सङ्ख्या जोखिम कम गर्न गरिएका कार्यहरूको सफाइ दिन कुनै देश विशेष मात्र नभई विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन् ।”

यो नयाँ दिशानिर्देश अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लासगोमा आयोजित विश्वव्यापी जलवायु शिखर सम्मेलन (कोप–२६) को लागि ठिक समयमा आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जलवायु परिवर्तन सँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो वातावरणीय खतरा हो । वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठिक विपरीत प्रभाव पर्ने सङ्गठनको ठहर छ ।

विश्वको नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनो अक्साइडलगायत छ वटा प्रदूषकको लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ ।

अन्य दुईमा १० र २.५ माइक्रोन वा सोभन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ । किनकि यिनीहरू फोक्सोमा सहजै गहिरो तहसम्म प्रवेश गर्न सक्षम हुन्छन् तर अनुसन्धानले देखाएअनुसार पीएम २.५ रक्त प्रवाहमा समेत प्रवेश गर्न सक्छ । यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अङ्गहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ ।

सन् २०१९ मा, विश्व जनसङ्ख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे । दक्षिण पूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भन्नुभयो, “वायु प्रदूषण सबै देशहरूमा स्वास्थ्यको लागि खतरा हो तर यसले निम्न तथा मध्यम आय भएका देशका मानिसहरूलाई सबैभन्दा बढी असर गर्छ । सङ्गठनका अनुसार सन् १९९० को दशकदेखि उच्च आय भएका देशहरूमा वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको भए तापनि विश्वव्यापी रूपमा मर्नेहरूको सङ्ख्या र सबैभन्दा धेरै स्वस्थ जीवन गुमेको वर्षलाई घोषणा गरेको पाइँदैन । देशहरूको कमजोर आर्थिक अवस्थाका कारण धेरै देशहरूमा वायु गुणस्तर सामान्यतया खस्कँदै गएको छ ।

डब्लुएचओले भनेको छ, “हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ र यसले गर्दा लाखौँ मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ ।”

बच्चाहरूमा फोक्सोको वृद्धि र काम गर्ने क्षमता, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा दम झनै बढेको हुन सक्छ ।वयस्कहरूमा, इस्केमिक मुटु रोग, जसलाई कोरोनरी मुटुसम्बन्धी रोग पनि भनिन्छ, र मस्तिष्क घातलगायतका बाहिरी वायु प्रदूषणले गर्दा अकालमा हुने मृत्युको सबैभन्दा सामान्य कारण हो । मधुमेह र न्युरोडजेनरेटिभ अवस्था जस्ता अन्य प्रभावहरूको प्रमाण पनि देखा पर्न थालेको सङ्गठनले उल्लेख गरेको छ ।

विश्व–स्वास्थ्यसंघले बताएअनुसार वायु प्रदूषणले गर्दा हुने रोगको बोझ ‘अस्वास्थ्यकर भोजन र धूम्रपानजस्ता विश्वव्यापी स्वास्थ्यसम्बन्धी अन्य प्रमुख खतराहरूसित’ पनि सम्बन्धित छ ।एएफपी

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top