महिला फुटबलमा साम्बाको अभाव खड्कियो

७ असाेज, काठमाडाैँ ।

ठूलो सपना र लक्ष्य बोकेर उज्वेकिस्तान उडेको नेपाली महिला फुटबल टोली रित्तो हात घर फर्किएको छ । नेपाली टोलीको उज्वेकिस्तान उड्नुको लक्ष्य थियो भारतमा हुने एसियन कपका लागि ढोका खोल्नु । तर ठूलो मेहनत र संघर्षका बीच पनि त्यो ढोका यसपट खुल्न सकेन् ।

उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागि भएर नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागि भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभबको कमी निकै नै खड्कियो । उज्बेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन ग¥यो । यसमा कसैको दुई मत छैन । फिफा वरियतामा नेपालमा भन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थ्यो । दोस्रो खेलमा हङकङलाई गोल रहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन । पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो । तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए ।

दक्षिण एसियामा सिमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव संगाल्ने खेलको रुपमा पनि हेरिएको थियो । दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षा अनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे ।

यस्तै नेपाली टोलीकी कप्तान रेनुका नरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारी ( साम्बा) को कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन् । कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने थपिन् ।

भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै दुख व्यक्त गरिन् । टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मिहिनते धेरै खाचो रहेको बताइन् । फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिम तिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको बताइन् ।

उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ । टोलीमा अनुभबको निकै खाचो पक्कै हो । सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नु पर्ने देखिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top